लोमस फार्मास्युटिकलले बनायो ह्याण्ड स्यानिटाईजर

- April 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लोमस फार्मास्युटिकल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन गरि बजारमा पठाएको छ । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सो कम्पनीले डब्लुएचओको मान्यता अनुसार स्यानिटाईजर उत्पादन गरेको जनाएको छ । बजारमा ह्याण्ड स्यानिटाईजरको अभावका खबरहरु आईरहेको बेलामा लोमसले आफ्नो उत्पादन सुरु गरेर जनाएको छ । सो कम्पनीले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको हो ।

सो कम्पनीले दैनिक दश हजार बोटल उत्पादन गरिरहेको जनाएको छ । संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएका र यो संकटको बेलामा बजारमा कम गुणस्तरका स्यानिटाईजर कालोबजारी भैरहेको देखेर गुणस्तरिय स्यानिटाइजर उत्पादन गरी बजारमा पठाएको जनाएको छ । सो कम्पनीले उत्पादन गरेको स्यानिटाईजर अन्तर्राष्टिय स्तरको भएको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरिसकेको जानकारी दिएको छ । बजारमा एक सय एमएलको एक सय ५० रुपैयाँ मुल्य पर्नेसमेत जनाएको छ । यो उत्पादनमा नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमतिसमेत प्राप्त भैसकेको छ । उद्योगमा अहिले हाम्रा कर्मचारीहरुले उच्च सतर्कता अपनाउँदै अहोरात्र काम गरिरहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट