मजदुरको हितमा आयो श्रमजीवि टुडे

- June 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मुलुकको हरेक राजनीतिक परिवर्तनमा श्रमजीवि मजदुरहरुले खेलेको भूमिका महत्वपूर्ण रहँदै आएको छ, हो त्यही मजदुरहरुले गरेका हरेक संघर्षका विषयलाई कुनैपनि संचार माध्यमले उठाउन नसकेको भन्दै पछिल्लो समय श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले आफ्नो मासिक प्रकाशन प्रारम्भ गरेको छ ।

उक्त महासंघले आफ्ना सदस्यहरुले भोगेको हरेक संघर्ष र दुःखका पाटोहरुलाई समेट्दै श्रमजीवि टुडे नामक मासिक पत्रिकाको प्रकाशन प्रारम्भ गरेको छ ।

सो महासंघले प्रकाशन प्रारम्भ गरेको उक्त मासिक पत्रिकामा विभिन्न लेखक, पत्रकार, साहित्यकार तथा विभिन्न मजदुरहरुको अभिव्यक्तिका साथै व्यवसायी तथा उद्यमीहरुको समेत भावनाहरु एकसाथ समेटेको छ ।

उक्त पत्रिकाले मजदुरुहरुको विशेष कथा, दुःख, बेथा र उनीहरुको संघर्षका पाटोलाई बढि महत्व दिएको पाइएको छ । प्रकाशक रामबहादुर तामाङको प्रकाशकत्वमा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा आरती तामाङ रहेकी छिन् । सो पत्रिकाले गर्ने हरेक आम्दानी महासंघका हरेक गरिब, दुःखी, श्रर्मीक मजदुरहरुको स्वास्थ्य र शिक्षा जस्ता जटिल समस्यामा खर्चने महासंघले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!