February 23, 2025, 2:46 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

बंगलादेशलाई हराएर इतिहास रच्ने दाउमा नेपाल, भोलि ६:३० मा हुनेछ फाइनल ब्याटल

कार्तिक १३, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० देखि सुरु हुनेछ। खेलका लागि दुवै टोली तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन्।

खेलअघि मंगलबार रंगशालामा आयोजित प्री-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टिम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए। यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनको भनाइ छ। उनले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताइन्। नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ। उनले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि बताए। त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताएका छन्। सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो।

प्रतिक्रिया