February 24, 2025, 1:26 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सेयर बजारमा २७ अंकको वृद्धि,५ अर्बमाथिको कारोबार

कार्तिक १२, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडिएको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ९ अंकले घटेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ।

यसदिन ३०७ स्क्रिप्सको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ हजार ९१२ रुपैयाँ खरिदबिक्री भए। आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

जानकी फाइनान्स र डोल्टी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३३ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी समृद्धि फाइनान्सले २४ करोडको सेयर कारोबार गर्दा लाइफ इन्स्योरेन्सको १९ करोड,जानकी फाइनान्सको १६ करोड र पिपुल्स हाइड्रोपावरको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये २१३ स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया