February 24, 2025, 1:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

कार्तिक ८, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार २०.४१ अंकले घटेको नेप्से परिसूचक आज १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्ड‍ेक्स  २.९९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेको छ।

आज ३१७ स्क्रिप्सको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५९ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ६ अर्ब माथिको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। नेपाल एसबीआई बैंकको सेयर सर्वाधिक ९.७५ प्रतिशतले बढ्यो।  यसैगरी पिपुल्स हाइ्रोपावरको सेयर ७.८८, सनराइज ब्ल्युचिप फण्डको ७.६७,समृद्धि फाइनान्सको ६.१८ र आरबीबी म्युचुअल फण्डको ६.०१ प्रतिशतले बढ्यो।

रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। यो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। एनआईबीएल समृद्धि फण्ड-२ को सेयर ५.७३ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट ब‌ैंकको ४.५१ र सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी साहस ऊर्जा, आईसीएफसी र पिपुल्स हाइड्रोपावरको २४/२४ करोड मृल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ६७ स्टक्सको मूल्य बढ्दा १७० वटको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। हाइड्रोपावरबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया