December 29, 2024, 12:02 am
» राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने » कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु » पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड » अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

जग्गा दान लिनु स्वाभाविक, विवाद गरिरहनु आवश्यक छैन : शंकर पोखरेल

कार्तिक ८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान लिनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जग्गा दान लिएको विषयमा विवाद गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् ।

उनले महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको र महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजनजानकार छ । नेकपा(एमाले) नयाँ पार्टी कार्यालय बनाउन लागि रहेको होइन । पुरानो पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुननिर्माण गर्न लागेको हो ।

आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व नेकपा(एमाले) आफैले सरकारमा रहँदा गरेको थियो ।

पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुबानका कारणले भाडामा रहेको पार्टी कार्यालयमा ठुलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो ।

राजनीतिक दलहरू पनि समाजिक संस्था भएका कारणले त्यसको पुननिर्माणमा राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वभाविक हक रहन्छ नै ।

कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त छ । यस्तो अवस्थामा नेकपा(एमाले) पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रुपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित होइन ।

एमाले कार्यकर्ताबाट सहयोग संकलनको अभियान नचलाएको होइन । बल्खुस्थितजमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रबाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो ।

यस्तो अवस्थामा नेकपा (एमाले) विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुननिर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको हो । यस्तो सहयोग लिनु स्वभाविक हो । अन्यथा ठान्न मिल्दैन ।

प्रतिक्रिया