February 24, 2025, 6:03 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

पुस १३, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

मकवानपुर, 

मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका मकवानपुरको थाहा नगरपालिका-१० मुलगाउँका अन्दाजी ५३ वर्षीय हिराकाजी गोपालीको उपचारको क्रममा मृत्यु भएको हो ।

गत सोमबार आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।

कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया