February 25, 2025, 6:07 am
» अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो

कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु

पुस १३, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

धनगढी – नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचन कैलालीबाट लड्ने बताएकी छिन् ।

कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

‘म पहिले पनि यहाँ आएर चुनाव लडेको थिए,’ उनले भनिन्, ‘तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेकी थिइन् । उनी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । रानाले २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
हाल आरजु समानुपाती सांसद हुँदै मन्त्री बनेकी हुन ।

प्रतिक्रिया