December 29, 2024, 12:30 am
» राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने » कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु » पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड » अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

हिरासतमा रहेका लामिछानेको विषयमा आज अदालतमा म्याद थप बारे बहस हुँदै पोखरेलीले साथ नदिएपछि फेरियो रास्वपाको बोली

कार्तिक ८, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको बताएका छन्।

बिहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले १२५ घन्टा हिरासतमा राख्दा जम्मा ४–५ घन्टा बयान लिएको भन्दै लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो बताएका हुन्।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थप बारे बहस हुँदैछ।

‘हाम्रा सभापतिको गिरफ्तारी राजनीतिक प्रतिशोध थियो भन्ने प्रमाणित भएको छ। १२५ घण्टा उहाँलाई हिरासतमा राखिएको रहेछ।

त्यसमध्ये ४÷५ घण्टामात्र बयान लिएको रहेछ। के उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो?

पक्राउ गरेपछि के सोध्ने भन्ने थाहा थिएन? यो राजनीतिक साँध्ने कार्य नै हो,’ उनले भने, ‘मानमर्दन गर्ने शैलीमा जसरी सरकार प्रस्तुत भएको छ, तेरो शेखी झार्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ, त्यो सभ्य भाषामा राजनीतिक प्रतिशोध नै हो।’

पोखरेलीले साथ नदिएपछि फेरियो रास्वपाको बोली
सहकारी ठगी पक्ररणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आन्दोलनकै बलमा छुटाउन पोखरा पुगेका रास्वपाका नेता कार्यकर्तालाई पोखरेली जनताले साथ नदिएपछि आन्दोलन स्थगित गर्ने तयारी भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो ।

पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको छ ।

यता पोखरेलीले साथ नदिएपछि रास्वपा नेताहरुले आफ्नो बोली फेरेका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री मनिष झाले आफूहरु रविलाई छुटाउन पोखरा नआएको दाबी गरेका छन् ।

झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । बरु उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।

‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’

सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै आपत्ति जनाए ।

 

प्रतिक्रिया