January 15, 2025, 4:02 pm
» आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » पाकिस्तानमा सैन्य कारबाहीमा चार आतंककारी मारिए » अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने » भुमी सबन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकममा भने वृद्धि

कार्तिक ७, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं : नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। आज नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा अडिएको छ। सूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यसदिन ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ। हिजो ४ अर्ब १७ करोड १६ लाख बराबरको कारोबार भएको थियो।

आज फाइनान्स र ट्रेडिङबाहेक अन्य समूहको उपसूचक घटेका छन्। आईसीएफसी फाइनान्सको र समृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ। आइसीएफसीको ३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी दोस्रोमा कुमारी बैंक र तेस्रो स्थानमा साहस ऊर्जा परेका छन्।

प्रतिक्रिया