February 23, 2025, 2:15 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

एएफसी यू-१७ एसियन कप छनोट आजदेखि कतारमा सुरु हुँदै

कार्तिक ७, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं, । एएफसी यू-१७ एसियन कप छनोट आजदेखि कतारमा सुरु हुँदैछ।

नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ।

साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ।

नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ।

जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्।

जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो।

यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो। मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ।

दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

प्रतिक्रिया