February 23, 2025, 9:46 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

कार्तिक २, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार यस्तो मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया