January 7, 2025, 12:25 pm
» सरकारलाई सुझावसहित एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव » अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेट » ३४ बन्दीलाई रिहा गर्दै हमास, बिपीनको आशमा नेपाल सरकार » संसदीय समिति बनाएर वाइडबडी जहाज प्रकरणको छानबिन गर्न माग » सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

कार्तिक २, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए। त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए। त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।

यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो खेल आइतबार बिहान हुने तालिका रहेको छ।

प्रतिक्रिया