January 22, 2025, 9:58 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी

कार्तिक १, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ ।

८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो ।  १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्डसमूह १.४० प्रतिशतले बढेर २१.२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफसमूह ०.७५ अंकले बढेर १३ हजार १९७.१८ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.४० प्रतिशतले, फाइनान्स ०.५१ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशतले, अन्य समूह ०.३६ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह २.१० प्रतिशतले घटेर ३ हजार ६५२.२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.१२ प्रतिशतले घटेर ३ हजार ३१०.६८ विन्दुमा आएको छ ।  साथै, विकास बैंक समूह ०.६४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४८प्रतिशतले, जिवन बीमा ०.२४ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया