February 23, 2025, 6:19 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

अशोज १५, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बैँकप्रति धन्यवाद  दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया