February 23, 2025, 2:30 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

अशोज १५, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौँ । अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए । आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै उनले यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन् ।
त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए ।
यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो । यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल रियानले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया