February 23, 2025, 2:09 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्ध

अशोज १३, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ ।
टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएपछि खेल हुन सकेको छैन ।
बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।
बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।
भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए ।
पहिलो र दोस्रो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । आज बर्षा नभएपनि मैदान खेल्न योग्य नभएको बताइएको छ ।
२ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।

प्रतिक्रिया