January 22, 2025, 12:48 pm
» राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ

विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल

अशोज ११, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् ।
सो अवसरमा सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले आवश्यकता अनुसार समय-समयमा रिफ्रेसर कोर्स गर्नुपर्नेमा जोड दिनुभयो। सदस्य-सचिव टंकलाल घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धि हासिल गर्न नसकिने बताउँदै, वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले वैज्ञानिक प्रशिक्षणका लागि फिटनेस सेन्टर निर्माण र त्यसका लागि आवश्यक सामग्री खरिद प्रक्रियालाई अघि बढाइएको जानकारी गराए ।

प्रतिक्रिया