February 23, 2025, 2:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

यू-२० एशियन कपमा आज नेपालको सामना बहराइनसँग

अशोज ११, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।
त्यस्तै बहराइनले २ खेलमा एक जित र एक हार बेहोरेको छ । बहराइनले पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले पराजित गरेको थियो भने कम्बोडियासँग १-० ले पराजित भएको थियो ।
तुलनात्मक रुपमा बलियो मानिएपनि नेपालले आज बहराइनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । २ खेल हारिसकेको हुनाले आज जित हासिल गरेपनि नेपालको एशिया कपमा छनौट हुने सम्भावना भने निकै कम छ ।

प्रतिक्रिया