February 24, 2025, 12:01 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी

अशोज १०, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ ।
लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
दूतावासले यस अघि अगस्ट १ मा जारी गरिएको सल्लाहलाई निरन्तरता दिँदै र यस क्षेत्रमा हालैका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।
साथै लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न सुझाव दिइएको छ । कुनै पनि कारणले छोड्न नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासको सम्पर्कमा रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया