February 24, 2025, 12:11 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

अशोज ९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् ।
राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेसन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।
राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भंग गरेर निर्वाचनको मिति तोकेका हुन् ।
श्रीलंकाको नवौं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेपछि उनले आफु लोकतन्त्र जोगाउन र नेताहरुको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।
साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताए ।
उनले भनेका थिए-‘म जादूगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामुहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’

प्रतिक्रिया