January 18, 2025, 8:53 am
» युद्बबिराम अनुमोदन गराउन नेतान्याहुलाइ लाग्यो ६ घन्टा » म्याग्दीमा जीप दुर्घटना » गाजामा युद्बबिराम आइतवार बिहान ८ः३० बजेवाट लागु हुने » सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ » कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण

अशोज ६, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं, ।  बैंक तथा वित्तीय संस्थाहरुले पर्सनल होमलोन (व्यक्तिगत आवास) र रियलस्टेट (घरजग्गा) कर्जा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसमध्ये व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल छ खर्ब ५५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ अर्ब ४७ करोड ४० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पर्सनल होमलोन र रियलस्टेट क्षेत्रमा कुल पाँच खर्ब ९९ अर्ब ४८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकममध्येमा व्यक्तिगत आवासमा तीन खर्ब ९५ अर्ब २३ करोड ७० लाख रुपैयाँ र घरजग्गा क्षेत्रमा दुई खर्ब ६० अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिमा व्यक्तिगत आवासमा तीन खर्ब ५९ अर्ब ३६ करोड ६० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले मात्र चालू आर्थिक वर्षको साउन महिनासम्ममा व्यक्तिगत आवासमा तीन खर्ब १६ अर्ब ३७ करोड ४० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यी दुई शीर्षकमा वाणिज्य बैंकहरुले पाँच खर्ब ४० अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ७८ करोेड ६० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले पर्सनल होमलोन शीर्षकमा दुई खर्ब ८८ अर्ब ६५ कारोड ३० लाख रुपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब आठ अर्ब ४७ करोड २० लाख रुपैयाँ समेत गरी कुल चार खर्ब ९७ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरुले भने गत साउन महिनासम्म रियलस्टेट क्षेत्रमा २५ अर्ब ८० करोड ९० लाख रुपैयाँ र पर्सनल होमलोन शीर्षकमा ६५ अर्ब ६३ करोड रुपैयाँ गरी कुल ९१ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ७२ करोड ८० लाख रुपैयाँ बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले रियलस्टेट क्षेत्रमा २२ अर्ब चार करोड ८० लाख रुपैयाँ र व्यक्तिगत आवासमा ५८ अर्ब ७५ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ८० अर्ब ८० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा १० अर्ब २८ करोड ७० लाख र पर्सनल होमलोन शीर्षकमा १३ अर्ब २३ करोड ३० लाख रुपैयाँ समेत गरी कुल २३ अर्ब ५२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९५ करोड ९० लाख रुपैयाँ बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा नौ अर्ब ६० करोड १० लाख रुपैयाँ र पर्सनल होमलोन शीर्षकमा ११ अर्ब ९६ करोड रुपैयाँ गरी कुल २१ अर्ब ५६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । (आर्थिक दैनिकबाट) 

प्रतिक्रिया