February 23, 2025, 2:37 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

अशोज ६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै २०२ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो । अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो ।
यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।

प्रतिक्रिया