September 20, 2024, 11:37 am
» रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

अशोज ४, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशी समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया