विराटनगर– मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका-५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका-४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएकोमा उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो।
दुर्घटनामा कानेपोखरी-४ का अन्दाजी २६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे-५ का ३८ वर्षीय विष्णु धिमाल घाइतेका छन्।उनीहरूको उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ।
प्रतिक्रिया