February 24, 2025, 12:58 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु

अशोज ३, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौँ । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।
१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।
त्यसपछि हिजबुल्लाहले प्रयोग गरिरहेका वाकीटकी उपकरणहरू पनि विस्फोट भएका थिए । यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए।
हिजबुल्लाहले पनि इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन।
बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया