February 24, 2025, 1:15 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?

अशोज १, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौँ । एलोन मस्कले एक्समा पोष्ट गरेको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाएको विषय विवादित बनेको छ ।
मस्कले आफ्नो एक पोष्टमा राष्ट्रपति बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि मस्कले आफ्नो सो पोष्ट हटाउदै यो मजाक मात्र भएको बताएका थिए ।
अमेरिकी गुप्तचर सेवाले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा एलोन मस्कको पोष्टबारे आफूलाई जानकारी रहेको बताएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबरपछि मस्कले आइतबार यो पोष्ट गरेका थिए । मस्क ट्रम्पका कट्टर समर्थक हुन् र ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेमा उनलाई ट्रम्पले सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन दिएका छन् ।
मस्कको पोष्ट बारे प्रयोगकर्ताहरूले आलोचना पनि गरेका छन् । यसबाहेक, ह्वाइट हाउसले मस्कको पोस्टको बारे टिप्पणी गर्दै यस्तो बयान दिनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।

प्रतिक्रिया