February 23, 2025, 6:36 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अण्डाको मूल्य घट्यो, कति पुग्यो प्रतिक्रेट ?

भदौ ३०, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौँ : कुखुराको अण्डाको मूल्य घटेको छ । १३ भदौमा घटेर तय भएको नयाँ मूल्यमा फेरि गिरावट भएको हो ।

नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अण्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । यसअघि १३ भदौमा अण्डाको मूल्य सबैभन्दा ठूलो (एक्सएल) ५२५ र ठूलो (लार्ज)को प्रतिक्रेट ५१० र मध्यम अण्डाको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४३० प्रतिक्रेट तय भएको छ । मध्यम साइजको अण्डाको मूल्य चार सय रुपैयाँ क्रेट तोकिएको छ ।

अण्डा उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट भएको हो । किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय गरिएको हो ।

प्रतिक्रिया