February 23, 2025, 2:37 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु

भदौ ३०, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं- देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ ।  जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया