February 24, 2025, 1:12 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त

भदौ ३०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

सिरियाको नयाँ प्रधानमन्त्रीमा मोहम्मद गाजी जलालीलाई नियुक्त गरिएको छ ।

सिरियाली राष्ट्रपति बसर अल-असदले शनिबार नयाँ प्रधानमन्त्रीमा जलालीलाई नियुक्त गर्नुभएको हो ।

सिभिल इन्जिनियर तथा अर्थशास्त्रको पृष्ठभूमिबाट आएका ५५ वर्षीय जलालीलाई राष्ट्रपतिको आदेशअनुसार नयाँ मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको छ । उहाँले हुसेन आर्नोसलाई प्रतिस्थापन गर्नुभएको हो ।

आर्नोसले सन् २०२० देखि प्रधानमन्त्रीका रूपमा काम गर्दै आउनुभएको थियो । आर्नोसको सरकारले जुलाईमा संसदीय चुनावपछि कामचलाउ भूमिकामा काम गरिरहेको थियो ।

यसअघि सन् २०१४ देखि सन् २०१६ सम्म सञ्चारमन्त्री भइसकेका जलालीले इजिप्टको ऐन शम्स विश्वविद्यालयबाट इन्जिनियरिङ र अर्थशास्त्रमा र दमास्कस विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

नयाँ प्रशासनले सेप्टेम्बर २५ मा सिरियाली जनसभामा आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तालिका रहेको छ भने छिट्टै पूर्ण मन्त्रिपरिषद्को आधिकारिक घोषणा हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया