January 10, 2025, 7:31 am
» रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित » चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला » नेपालमा पूर्ण प्रजातन्त्र आएकै छैन, नयाँ सरकार बन्नु मात्र प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र » शीतलहरले तराईको जनजीवन प्रभावित » पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

भदौ ३०, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

पोर्ट-ओ-प्रिन्स, हाइटी,  : दक्षिण-पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताउनुभयो ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेहरूलाई राजधानी पोर्ट-ओ-प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया