September 19, 2024, 1:24 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

वीर अस्पतालमा जलनको उपचार सुरु

भदौ २८, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका हुन् । 

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए ।

उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए । मन्त्री पौडेलले सबै टिकटहरूलाईअनलाइन प्रणालीमार्फत लैजान निर्देशन पनि दिए ।२०७२ को विकासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रतिक्रिया