February 27, 2025, 7:13 am
» स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल » इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउन सक्ने » गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा » दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका » राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

वैदेशिक रोजगारमा पठाउछु भन्दै ठगी गर्ने तीन जना पक्राउ

भदौ २८, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँ घर भई काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।
पक्राउ मध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया