February 23, 2025, 6:46 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भिरबाट लडेर महिलाको मृत्यु

माघ ६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

बागमती– भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

शनबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया