February 23, 2025, 6:20 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्याे, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’

माघ ६, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

तेल अभिव,  । आजवाट सुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बबिराममा ढिलाइ भएको छ।

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्बजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानिय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन ।

‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ ।हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ  गरेको उसको आरोप रहेको छ । यद्दपी, गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।

प्रतिक्रिया