February 24, 2025, 9:19 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना

माघ ६, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं,। नेपाली कांग्रेसले कोशी प्रदेशका पुर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको हो  । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।

‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ, नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो, उहाँको निधारमा चोट लागेको छ’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।’

प्रतिक्रिया