February 23, 2025, 10:14 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार

भदौ २८, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन् ।
ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन् । अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पूर्वराष्ट्रपतिले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि छलफलमा विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहको बताएका छन् ।  बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको बताए । उनले भनेका छन्- ‘जब एक पेशेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुन: खेल चाहन्छु । मैले कमला ह्यारिसको बिरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन् ।’
ट्रम्पले ह्यारिसले फक्स न्यूजको बहसमा भाग नलिने र एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप लगाए ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा हुँदैछ ।

प्रतिक्रिया