September 20, 2024, 1:01 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

जाउलाखेलमा प्रहरले मार्‍यो छापा, ५० जना पक्राउ

भदौ २७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेको छ ।

छापा मारेर दुई जना चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होबीन्द्र बोगटीले बताए ।

अवैध रूपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।

यसबारे अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया