February 23, 2025, 10:09 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

भदौ २७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

लिमा,  : पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

“क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उहाँको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो ।

लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उहाँलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो।

सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो।

उहाँले पेरूको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उहाँलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उहाँलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए ।

प्रतिक्रिया