November 15, 2024, 3:00 pm
» उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा » हेलो रोबोट ! तिम्रो नाम के हो ? » विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव » विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने » कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी

भदौ २६, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

गाजा, २६ भदौ : इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजा पट्टीको रफाह सहरमा हमासको तेल अल–सुल्तान बटालियनका कमान्डर महमुद हमदानको मृत्यु भएको दावी गरेको छ ।

ड्रोन निगरानीको माध्यामबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायु सेनाले आक्रमण गरी छापामार्ने क्रममा हमदान, बटालियनका तीन अतिरिक्त कम्पनी कमान्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

गत अक्टोबरमा रफाहमा इजरायली सेनामाथि आक्रमण र अन्य कारबाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हामदानले बताउनुभएको छ ।

बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौँ अन्यलाई हटाइएको अद्राईले घोषणा गर्नुभएको छ ।

यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन ।

अद्राईले लडाकु विमानले मध्य गाजाको अल-बुरेज क्षेत्रमा पहिले मस्जिद भएको भवनमा लुकेको ‘कमान्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’भित्र हमाससम्बद्ध समूहलाई लक्षित गरी आक्रमण गरेको बताउनुभएको छ ।

हाल उक्त मस्जिद परिसर इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाई कार्यान्वयन गर्न प्रयोग गरिएकोसमेत उहाँले बताउनुभएको छ ।

यसैबीच, प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतले इजरायली लडाकु विमानले अल–फारुक मस्जिद र अल–बुरेज शरणार्थी शिविरको युवा क्लबलाई  पनि लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

चिकित्सा स्रोतले हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया