February 23, 2025, 2:25 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम ६ अर्बमा झर्‍यो

भदौ २६, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं : सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स  ४.३० अंकले घटेर ४६३.०७ विन्दुमा अडिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख  २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भए।  मंगलबार ७ अर्ब २४ रुपैयाँको सेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो।

दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी  थ्री स्टार हाइड्रोपावरको सेयर ९.४८ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीयको ६.८१,कालिका लघुवित्त वित्तीय संस्थाको ६.६६ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ६.०४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ अर्ब बढी मूल्यको कारोबार भयो। एनएलजी इन्स्योरेन्सको २१ करोड,ग्रीनलाइफ हाइड्रोपावरको १९ करुोड,समृद्धि फाइनान्सको १८ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको १५ अर्ब बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ६६ वटा स्टक्सको मूल्य बढ्दा १७४ वटाको घट्यो। बाँकी चारवटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
तीन समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।  फाइनान्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेका हुन्।

प्रतिक्रिया