September 20, 2024, 4:22 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

एक महिनामा चार अर्ब ३१ करोड उठ्यो बीमाशुल्क

भदौ २६, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं, । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको साउन मसान्तसम्म कुल चार अर्ब ३१ करोड १६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले कुल दुई लाख ४१ हजार तीन सय १४ वटा बीमालेखमार्फत सो बीमाशुल्क उठाएका हुन् ।

बीमा कम्पनीहरुले एक वर्षअघिको तुलनामा बीमाशुल्क सङ्कलन आठ दशमलव १७ प्रतिशत बढाएका छन् । गत वर्ष साउनमा निर्जीवन बीमा कम्पनीहरुले दुई लाख १३ हजार आठ सय २८ वटा बीमालेख जारी गरी तीन अर्ब ९८ करोड ५९ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख चार हजार पाँच सय ८० वटा बीमालेख जारी गरी २८ करोड ८६ लाख १५ हजार रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३९ हजार नौवटा बीमालेखबाट २९ करोड १० लाख ४४ हजार रुपैयाँ आर्जन गरेका छन् ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीले पनि गत साउनमा एक लाख ७२ हजार दुई सय २९ वटा बीमालेख जारी गरी २५ करोड ४६ लाख सात हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेसनल इन्स्योरेन्स कम्पनीले २८ सय २१ वटा बीमालेख जारी गरी २२ करोड ७६ लाख ५८ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २१ हजार सात सय सातवटा बीमालेखबाट ३१ करोड ८८ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै प्रभु इन्स्योरेन्स कम्पनीले १० हजार पाँच सय ४८ वटा बीमालेख जारी गरी १० करोड ५४ लाख १६ हजार रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीले २६ हजार एक सय नौ वटा बीमालेखबाट ३६ हजार ८८ लाख दुई हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १६ हजार दुई सय २२ वटा बीमालेखबाट २४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १८ हजार सात सय सातवटा बीमालेख जारी गरी ३२ करोड ६० लाख ७६ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले नौ हजार आठ सय ९५ वटा बीमालेख जारी गरी १८ करोड ३९ लाख २२ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि २५ हजार ११ वटा बीमालेख जारी गरी ४५ करोड ३२ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २४ हजार २३ वटा बीमालेख जारी गरी ६३ करोड १५ लाख ९० हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १६ हजार चार सय ८५ वटा बीमालेख जारी गरी ३० करोड ६२ लाख २५ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १३ हजार आठ सय २५ वटा बीमालेख जारी गरी २५ करोड ४१ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

लघुबीमा कम्पनीहरुले साउन महिनामा २० हजार दुई सय ४३ वटा बीमालेख जारी गरी पाँच करोड १६ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल माइक्रोइन्स्योरेन्सले पाँच हजार सात सय ८१ वटा बीमालेख जारी गरी एक करोड ३८ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले चार हजार छ सय ३९ वटा बीमालेख जारी गरी एक करोड ३६ लाख ३३ हजार रुपैयाँ, स्टार माइक्रोइन्स्योरेन्स कम्पनीले पाँच हजार चार सय ६२ वटा बीमालेख जारी गरी एक करोड २२ लाख ८७ हजार रुपैयाँ र ट्रस्ट माइक्रोइन्स्योरेन्स कम्पनीले चार हजार तीन सय ६१ बीमालेख जारी गरी एक करोड २२ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया