February 27, 2025, 12:24 am
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की प्रहरीको नियन्त्रणमा, अनशनस्थल तनावग्रस्त

भदौ २५, २०८१ मा प्रकाशित | ११५०दर्शक तीव्रखबर

मोरङ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कार्यकालमा अघि बढाइएका कार्यक्रम कटौती गरेको भन्दै कार्कीले आज (मङ्गलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका थिए ।

निषेधित क्षेत्र तोकिएको प्रदेश सभा भवन अगाडिबाटै कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्न खोजिएपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठीचार्ज नै गरेको हो ।

कार्कीसँगै उनका केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका थिए ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका थिए । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका थिए ।कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया