December 24, 2024, 3:39 am
» थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह » नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

कार्तिक ३०, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ ।

बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा-अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका अन्य बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्न अपिल गरेका थिए ।

सास पार्टीले यहुदी धार्मिक कर्तव्यअनुसार सम्भव भएसम्म बन्धकहरूलाई मुक्त गराउन सहयोग गर्दछ । सेप्टेम्बरमा डेरीले बन्धकहरूलाई फिर्ता ल्याउने कार्यलाई ‘पवित्र कर्तव्य’ भनेर वर्णन गरेका थिए ।

२९ वर्षीय ट्रुपानोभ रूस-इजरायली द्विनागरिक हुन् । उनलाई गाजा सीमामा निर ओज किब्बुत्जबाट उनकी प्रेमिका सापिर कोहेनसँगै अपहरण गरिएको थियो ।

उनका आमा र हजुरआमा पनि अपहृत भएका थिए र नोभेम्बर २०२३ मा एक हप्ताको युद्धविराम र बन्धक-कैदी विनिमयमा मुक्त भएका थिए ।

उनका पिता भिटाली सन् २०२३ को अक्टोबर ७ को आक्रमणमा मारिएका थिए । उक्त आक्रमण इजरायलको इतिहासमै सबैभन्दा घातक थियो । यो इस्लामिक जिहादद्वारा जारी गरिएको ट्रुपानोभको चौथो भिडियो हो।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पछिल्लो क्लिप सार्वजनिक हुनुअघि गरेको टिप्पणीमा ट्रुपानोभ र अर्का बन्धक म्याक्सिम हर्किनको रिहाइको आह्वान गरेका थिए ।

प्रतिक्रिया