February 24, 2025, 9:28 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

किलर ह्वेल’को उद्धार

कार्तिक ३०, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ ।

छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरूले यसलाई ट्रकद्वारा नजिकैको नदीमा लगेर छोडेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रूसी समाचार संस्था आरआईए नोभोस्तीले जनाएको छ ।

अक्टोबरमा बच्चासहित ह्वेल परिवारको रिहाइपछि हालैका हप्ताहरूमा यस क्षेत्रमा भएको यो दोस्रो किलर ह्वेल उद्धार अभियान हो ।

क्षेत्रीय विपत् व्यवस्थापनमन्त्री सर्गेई लेभेदेभले आपतकालीन अवस्थामा उपलब्ध सहयोगका लागि ‘स्वयंसेवक, उद्धारकर्ता र सोबोलेव्स्की जिल्लाका बासिन्दा’हरूप्रति गहिरो कृतज्ञता व्यक्त गरेको आरआईए नोभोस्तीले जनाएको छ ।

छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरूले यसलाई ट्रकद्वारा नजिकैको नदीमा लगेर छोडेको जनाइएको छ ।

अक्टोबरमा बच्चासहित ह्वेल परिवारको रिहाइपछि हालैका हप्ताहरूमा यस क्षेत्रमा भएको यो दोस्रो किलर ह्वेल उद्धार अभियान हो ।

प्रतिक्रिया