September 20, 2024, 6:44 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

भदौ २५, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं, : बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सहित चितवन राप्ती नगरपालिका-३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।

इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.४ ख २०६३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र रहेको उक्त परिमाणाको गाँजा फेला पारी चालक तिमल्सिना समेत दुई जनालाई पक्राउ गरेको हो ।

बाँके, बैजानाथ गाउँपालिका-७ बस्ने २४ वर्षीय सरोज कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मेराज शेषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्रलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया