February 23, 2025, 10:03 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

खडेरीको चपेटामा पोल्याण्ड

भदौ २५, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौँ । पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ । पोल्याण्डको राष्ट्रिय मौसम एजेन्सीका अनुसार देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो ।

खडेरीका कारण यस नदीको पानीको सतह कीर्तिमानी न्यून पुगेको छ । यस खोलामा यति कम पानीको सतह कहिल्यै देखिएको थिएन । यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको रिपोर्टमा उल्लेख छ ।

यो अघिल्लो रेकर्डभन्दा एक सेन्टिमिटर बढी हो। संस्थानले ‘एक्स’ मा यो सन् २०१५ भन्दा खराब भएको बताएको छ । पानी घट्ने क्रम जारी छ। नदीको पानीको सतह निरन्तर घट्दै गएको छ ।
पोल्याण्डका अधिकांश नदीहरु सुक्दै गएका छन् ।

जलविज्ञानी ग्र्जेगोर्ज वालिस्जेस्कीले गत हप्ता रिपोर्ट गपोल्याण्डका अधिकांश नदीहरू सुक्दै जाने बताएका थिर । पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ । यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै गएको छ । कम वर्षा र उच्च तापक्रमका कारण पानीको सतह घट्दै गएको छ ।

विस्तुला नदी एक हजार किलोमिटरभन्दा लामो छ । यो युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा लामो नदी हो । यसले देशलाई दुई भागमा विभाजन गर्छ र बाल्टिक सागरमा झर्छ ।

प्रतिक्रिया