February 23, 2025, 9:56 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा

भदौ २४, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौँ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका हुन् ।
भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए ।
चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न समेत अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको  स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन् ।
गोन्जालेज स्पेन जानु अघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।

प्रतिक्रिया