February 23, 2025, 2:29 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो

भदौ २३, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौँ । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बिरामीलाई आइसोलेसनमा राखिएको छ । मन्त्रालयले एमपक्स प्रभावित देशबाट यात्रा गरेर फर्केका युवा पुरुषमा एमपक्स जस्ता लक्षणहरू फेला परेको उल्लेख गरेको छ । बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको छ ।
‘युवाबाट लिएको नमूना एमपक्स पुष्टि गर्न परीक्षण भइरहेको छ । मुद्दा तोकिएको प्रोटोकल अनुसार चलिरहेको छ ।’ देशमा यसको प्रभाव मूल्याङ्कन गर्न र सम्भावित स्रोत पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, देश यस्ता घटनासँग जुध्न पूर्ण रूपमा तयार छ ।

प्रतिक्रिया