September 20, 2024, 10:42 am
» जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो » कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै

फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा

भदौ २३, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । फ्रान्समा नयाँ प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्।
फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । यस निर्वाचनमा दक्षिणपन्थी दललाई पराजित गर्न वामपन्थी दलले गठबन्धन बनाएका थिए ।
चुनावमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो । राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोश छ । शनिबार, एक लाख भन्दा बढी मानिसहरूले मिशेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे ।
यो विरोध ट्रेड युनियन र नेकपाका सदस्यहरूले गरिरहेका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकार गरेकोमा उनीहरु आक्रोशित भएका छन् ।
फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले यो प्रदर्शनमा देशभर करिब १ लाख १० हजार मानिस सहभागी भएको जनाएको छ । फ्रान्सको राजधानी पेरिसबाट पनि २६ हजारभन्दा बढी मानिसले उक्त प्रदर्शनमा भाग लिएका थिए ।
अर्कोतर्फ ईयू ब्रेक्जिटका पूर्व वार्ताकार मिशेल बार्नीले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया